प्रेरक प्रसंग

विहीबार, २२ फागुन २०७६, १४ : २४
प्रेरक प्रसंग

अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । 
मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे । यो देखेर साथीले लिंकन लाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? 

साथीको प्रश्न पछि अब्राहम लिंकनले जवाफ दिए – म चाहन्न कि नम्रतामा कोही मभन्दा अगाडि जाओस् । यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।

प्रतिक्रिया दिनुहोस