चितवन । आकस्मिक उपचारका लागि इमर्जेन्सीमा बिरामी ल्याउने एम्बुलेन्सका चालकले जथाभावी पार्किङ गर्दा समस्या आएको भनी भरतपुर अस्पतालले प्रशासनलाई गुहारेपछि अहिले भरतपुर अस्पतालको इमर्जेन्सी अगाडि एम्बुलेन्सको भिड हटेको छ ।
बिहीबार बिहान भरतपुर अस्पताल पुग्दा इमर्जेन्सी अगाडि बाटोमा पार्किङ गरिरहेको एम्बुलेन्स एउटा पनि थिएन । इमर्जेन्सीभन्दा अलि पर अस्पताल परिसरभित्रै आसपासमा भने आधा दर्जन एम्बुलेन्स पार्किङ गरेको अवस्थामा थिए । अस्पतालको पार्किङ र प्रवेशद्वार अगाडि सडक किनारमा तीन वटा एम्बुलेन्स पार्किङ गरेर राखिएको थियो ।
भरतपुर अस्पतालले फागुन ११ गते जिल्ला प्रशासन कार्यालयलाई एम्बुलेन्स चालकहरुले अटेर गरी इमर्जेन्सी अगाडि एम्बुलेन्स पार्किङ गर्दा अस्पतालका बिरामीलाई आवतजावतमा समस्या परेको भनी पत्र लेखेको थियो । अस्पतालको पत्र पाएपछि जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा समितिको बैठक बसेको थियो ।
बैठकमा सहभागी भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिको बैठकपछि प्रहरीको सहयोगमा इमर्जेन्सी अगाडिबाट एम्बुलेन्सको भिड हटाइएको बताए । उनले अस्पताल परिसरमा जथाभावीरुपमा एम्बुलेन्स पार्किङ नगर्न एम्बुलेन्स चालकहरुलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०७६, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण