भारतले लगायो औषधिमा प्रतिबन्ध

पत्रपत्रिकाबाट

विहीबार, २२ फागुन २०७६, ०८ : ०९
भारतले लगायो औषधिमा प्रतिबन्ध

काठमाडौ । विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतले अब कुनै पनि मुलुकमा निर्यात नगर्ने सूचना जारी गरेको छ।

सामान्य दुखाइदेखि जटिल अवस्थामा विश्वमा सबैभन्दा बढी प्रयोग हुने सिटामोललगायतका १५ प्रकारका औषधि निर्यात नगर्ने घोषणा गरेलगतै बुधबार सरोकारवाला निकायको बैठकले नेपाल र भारतको वाणिज्य विभागसँग समन्य गर्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी मृगेन्द्र मेयर श्रेष्ठ औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्षका अनुसार हाल आत्तिनुपर्ने अवस्था नभएको अन्य मुलुकबाट सहजीकरणका लागि ताइवान, बैंककबाट माक्स र औषधि आयात गर्ने निर्णय भएको छ। बैठकमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, व्यवसायी, वाणिज्य विभाग, औषधि उत्पादक संघलगायतको उपस्थिति रहेको थियो। नेपाल समाचारपत्रमा खबर छ ।