औषधि निर्यात नरोक्‍न भारतलाई नेपालको आग्रह

पत्रपत्रिकाबाट

विहीबार, २२ फागुन २०७६, ०७ : ४६
औषधि निर्यात नरोक्‍न भारतलाई नेपालको आग्रह

फाईल फोटो

नयाँदिल्ली । भारतले अत्यावश्यक औषधिको निर्यातमा तत्कालका लागि लगाएको रोक खुलाउन नेपालले पहल थालेको छ । भारतले कोभिड–१९ को संक्रमण बढ्न सक्ने आकलन गर्दै मंगलबार मात्र पारासिटामोल लगायत २६ वटा अत्यावश्यकीय औषधिको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । 

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयको उक्त निर्णयपछि ती औषधि निर्यात गर्न सरकारको इजाजत लिनुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।