साउदी अरेबियाबाट आएका एक नेपालीमा कोरोनाको आशंका

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, १४ : २४
साउदी अरेबियाबाट आएका एक नेपालीमा कोरोनाको आशंका

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को त्रास बढिरहेकै बेला शंकास्पद संक्रमित फेला क्रम रोकिएको छैन ।

एयरपोर्ट हेल्थ डेस्कले साउदी अरेबियाबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोनाको आशंका गर्दै त्रिभूवन विमानस्थलबाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिएको छ।

मंगलबार राति ९ बजे साउदीबाट नेपाल फर्किएका ती व्यक्तिको विमानस्थलस्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले इन्फ्रारेड थर्मामिटरबाट जाँच गर्दा उनीमा १०० डिग्रीभन्दा बढी तामक्रम देखिएको हो ।

सय डिग्रीभन्दा बढी ज्वरो देखिने बित्तिकै उनलाई तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्स प्रयोग गरी आइसोलेसनका लागि टेकु अस्पताल पठाइएको थियो । त्यसअघि मंगलबार नै कुवेत र कतारबाट आएका थप दुई जनामा कोरोनाको आशंका गर्दै हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ । बुधबार बिहानसम्म यो रोगबाट ३ हजार २ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १ सय ६० जना बिरामी छन् । यो रोगको संक्रमण भएका ५० हजार जना निको भइसकेका छन् ।

नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा एक हालसम्म जनामा मात्रै पोजटिभ देखिएको छ । ती एक जना बिरामी पनि पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

 विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले नेपाललाई कोरोना भाइरस ९कोभिड–१९० को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस