नेपाल भ्रमण सकेर स्पेन फर्किएका एक व्यक्तिको कोराना भाइरसका कारण मृत्यु

बुधबार, २१ फागुन २०७६, ०८ : १८
नेपाल भ्रमण सकेर स्पेन फर्किएका एक व्यक्तिको कोराना भाइरसका कारण मृत्यु

काठमाडौं । नेपाल भ्रमण गरेर फर्किएका एक व्यक्तिको स्पेनको एक अस्पतालमा कोराना भाइरसको संक्रमणबाट मृत्यु भएको दाबी गरिएको छ । संक्रमित व्यक्तिको मृत्यु फेब्रुअरी १३ तारिखमा भएकाृ भ्यालेन्सियाका स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलको हवाला दिएको प्रकाशित खबर अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको मृत्यु भएपछि मात्र कोरोना भाइरसको संक्रमणबट भएको बताइएको छ । स्पेनिस अधिकारीहरुको अनुसार यो नै कोरोना संक्रमणबाट स्पेनमा मृत्यु भएको पहिलो बताईएको छ । । स्पेनमा अहिले सम्म १ सय ६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका रहेका छन् ।

सातजना बिरामी अवस्था गम्भीर रहेकाले (आईसियु) इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार थालिएको छ । कोरोनाबाट मृत्यु हुने व्यक्ति नेपालमा कतिदिन भ्रमण गरे र कहाँ कहाँ गए भन्नेबारे केही खुलाइएको छैन । तर उनलाई नेपालमा नै कोरोना संक्रमण भएको आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस