अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपति भण्डारीबाट स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०७६, १७ : ११
अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपति भण्डारीबाट स्वीकृत

फाईल फोटो

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएसँगै मंगलबार अर्थमन्त्री युवराज खतिवडाले दिएको राजीनामा राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरेकी छिन् ।

राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै उनले राजीनामा दिएका हुन् । राजीनामापछि पनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । 

सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । 

प्रतिक्रिया दिनुहोस