खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्ति गर्ने तयारी

मंगलबार, २० फागुन २०७६, १६ : ०१
खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्ति गर्ने तयारी

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिनलागेको अवस्थामा अब उनको मन्त्री पद के हुने भन्नेमा चर्चा सुरु भएको छ । 

आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबारै राजीनामा दिने तयारी गरेका छन् । तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । त्यसका लागि खतिवडाले मंगलबार राजीनामा गर्ने र भोलि ६ महिनाका लागि अर्थमन्त्री पुनःनियुक्त गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस