कोरोना भाइरसबारे सर्वाधिक सोधिने आठ प्रश्न र तिनको जवाफ

एजेन्सी

मंगलबार, २० फागुन २०७६, १३ : ३०
कोरोना भाइरसबारे सर्वाधिक सोधिने आठ प्रश्न र तिनको जवाफ

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण अहिले विश्वभरि नै फैलिसकेको छ। चीनको वुहान शहरमा यो भाइरसको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो। अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर ३ हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।

कोरोना के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस‚ विभिन्न भाइरसहरूको समूह हो। यो भाइरस सुरु(सुरुमा सामान्य रुघा खोकीबाट सुरु भई पछि ज्यानै लिने किसिमको हुन्छ। यो भाइरस मानिस र जनावरमा दुवैमा देखिन सक्छ।

चीनको वुहान सहरबाट फैलन सुरु भएको यो भाइरसको लक्षण सार्स र मर्सको जस्तै लक्षण हुने बताइएको छ। यसको सुरु(सुरुमा श्वास प्रश्वासको समस्यादेखि पछि निमोनिया हुने‚ मिर्गौलाले काम गर्न छाड्ने र कलेजोमा तरल पदार्थमा वृद्धि हुनेजस्ता लक्षण हुन्छन्।

कसरी फैलन्छ यो भाइरस ?

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कोभिड(१९ भनी औपचारिक नाम दिएको छ। यो भाइरस सार्सभन्दा सजिलै सर्न सक्ने विज्ञहरूको बुझाइ छ।

यो सरुवा भएकाले पनि मानिसहरूमा यसले अझ महामारी फैलाउन सक्ने आशंका गरिएको छ।

कोरोनाको पहिचान हुन नै करिब २ हप्ता कुर्नुपर्ने र यसअघि नै कोरोना मानिसमा सरिसक्ने भएकाले यसको जोखिम बढेको हो। सार्स भाइरस मानिसमा पूर्णरुपमा विकसित भइसकेपछिमात्रै अरुमा सर्ने भएकाले यसको नियन्त्रणमा केही सहज भएको थियो।

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनको एक रिपोर्टअनुसार कोभिड(१९ को संक्रमणको उच्च जोखिम मानिसमा यसका लक्षणहरू देखिन थालेपछि क्रमशः हुने उल्लेख छ। कोरोना भाइरस फ्लूजस्तै गरी फैलने सो रिपोर्टमा उल्लेख गरिएको छ।

कसमा कोरोनाको उच्च जोखिम हुन्छ ?

श्वास प्रश्वाससम्बन्धी रोग भएका‚ वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा यसको उच्च जोखिम हुने बताइएको छ। यीमध्ये पनि पुरुषमा यसको जोखिम बढी हुने बताइएको छ।

यसका विभिन्न लक्षणहरूका बारेमा बाहिर आइरहेका बेला अझ नयाँ(नयाँ लक्षणहरू देखापरिरहेका छन्। 

‘हाम्रो रोग प्रतिरोधात्मक क्षमताले ब्याक्टेरियासँग कसरी जुधिरहेको छ भन्ने कुराले यसको जोखिम निर्धारण हुन्छ’, टोरोन्टो विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ अलिसन म्याकगियरले भने।

कोरोनाको लक्षण सामान्यतः श्वासप्रश्वास नै हो। सिडिसीका अनुसार रुघाखोकी‚ मन्द श्वास प्रश्वास यसका मुख्य लक्षणभित्र पर्छन्। ज्वरो पनि प्रमुख लक्षणभित्रै पर्छ। यसको जोखिम व्यक्तिको उमेर र उसको रोग प्रतिरक्षा क्षमतासँग निर्भर हुन्छ।

विशेषगरी ज्येष्ठ नागरिक‚ जसमा मुटु रोग‚ डायबिटिज र अरु श्वास प्रश्वाससम्बन्धी रोगहरू भएका व्यक्तिहरूलाई सुरुमा निमोनियाबाट सुरु भएर शरीरका अङ्गले काम गर्न छाड्नेसम्म हुन्छ।

क्यालिफोर्निया रेडियो स्टेसनका प्रमुख कार्ल गोल्डमेन‚ तीमध्ये एक हुन्। ‘म कोरोना संक्रमित भएको छु।’ उनले दी पोस्टको विचार पृष्ठमा भनेका छन्‚ ‘तर‚ अहिलेसम्म एकदमै ठूलो असर भने देखापरेको छैन।’ उनी ६० वर्ष पार गरिसकेको जनाइएको छ। 

‘शारीरिक दुखाइ आदिले गर्दा अप्ठ्यारो महशुस भएको छैन‚’ उनले भने‚ ‘म राम्रैसँग सास फेरिरहेको छु‚ नाकमा सिँगान जम्ने किसिमका कुनै लक्षण देखिएको छैन। बरु छाती कस्सिएको महशुस भएको छ‚ खोकी लागेको छ। यदि मलाई यही रोग घरमा बस्दा लागेको भए‚ म नियमित काममा जाने थिएँ।’

कहाँ कहाँ फैलियो ?

चीन                 ७९९३२, दक्षिण कोरिया   ३७३६
इटाली              १६९४, इरान               ९७८
जापान             २५६, फ्रान्स              १३०
जर्मनी              १३०, सिङ्गापुर           १०६
स्पेन                ८४, अमेरिका          ७६
बहराइन          ४७, कुवेत              ४५
थाइल्याण्ड       ४२, ताइवान           ४०
मलेसिया         २९, स्विजरल्याण्ड   २७
अस्ट्रेलिया       २७, क्यानडा         २४
यूएई              २१, इराक            १९
नर्वे                १९, भियतनाम       १६
अष्ट्रिया           १४, स्विडेन           १४
इजरायल         १०, लेवनान           १०
नेदरल्याण्ड      १०, क्रोएसिया         ७
ग्रिस                ७, एक्युएडर         ६
फिनल्याण्ड      ६, ओमान            ६
मेक्सिको          ५, डेनमार्क           ४
पाकिस्तान        ४, अजेरबाइजन     ३
गोर्जिया             ३, आइसल्याण्ड     ३
भारत               ३, फिलिपिन्स        ३
कतार               ३, रोमनिया           ३
बेल्जियम           २, ब्राजिल              २
इजिप्ट               २, रूस                २
अफगानिस्तान   १, अल्जेरिया         १
अर्मेनिया          १, बेलारुस           १
कम्बोडिया        १, डोमिनिकन रिपब्लिक    १
इस्टोनिया         १, आयरल्याण्ड    १
लिथुआनिया     १, लक्जम्बर्ग        १
मोनाको          १, नेपाल             १
न्यूजिल्याण्ड     १, नाइजेरिया       १
सान मारिनो     १, श्रीलङ्का           १

कसरी गर्ने तयारी ?

कोरोना भाइरसको संक्रमणबाट मानिसमा एक किसिमको त्रास फैलिएको छ। महामारी विज्ञका अनुसार यसको तयारी भनेकै धीरता हो। आँत्तिएर समस्याको हल नहुने र यसको सतर्कता भनेकै यसको सामना गर्नु हो।

‘नआँत्तिऔं‚’ यूसिएलएका महामारी तथा औषधीविज्ञ टिमोथी ब्रिवेरले भने‚ ‘आँत्तिनु र अरुलाई यसबाट उत्पन्न डरको बारेमा अरुलाई सुनाउनाले केही परिवर्तन हुँदैन। डर र भाइरससम्बन्धी नकारात्मक भावनालाई मनमा बस्न नदिऔं।’

यसको नियन्त्रणका लागि सँधै साबुन पानीले हात धुने‚ हाच्छ्यूँ गर्दा नाकमुख छोप्ने। यदि बिरामी भएमा घरमा बस्नु नै यसको नियन्त्रणको उचित उपाय हो।

सिडिसीका अनुसार बाथरुम गएपछि‚ हाच्छ्यूँ गरेपछि करीब २० सेकेन्डजति हात धुनुपर्छ। नाङ्गा हातले आँखा‚ नाक‚ मुख नछुनसमेत सिडिसीले आग्रह गरेको छ।

मास्क लगाउनु आवश्यक छ ?

यदि तपाईं पहिलैदेखि बिरामी हुनुहुन्छ र चिकित्सक होइन भने यसको एउटा छोटो उत्तर भनेको ‘नलागाउनु’ नै हुन्छ। मास्क लगाउनु नै यसको नियन्त्रणका लागि पर्याप्त नभएको बताउँदै‚ ‘मास्क लगाउनु भनेको आफूमा रहेको भाइरस अरुमा फैलन नदिनका लागि हो।’ ब्रिवेरले भने।

सामान्य सर्जिकल मास्कले बिरामी व्यक्तिको मुखबाट आउने छिट्टाहरू रोक्ने भएकाले यसको प्रयोग विशेषगरी चिकित्सक र बिरामी व्यक्तिले गर्नु उपयुक्त हुन्छ।

कोरोना लागेका बिरामी निको हुनु भनेको के हो ?

‘सरुवा रोगबाट निको हुनु भनेको एक त रोकथाम अर्को पूर्ण रुपमा निको हुनु हो।’ एमोरि यूनिभर्सिटी अफ मेडिसिनका प्रोफेसर ब्रुस रिब्नरले जानकारी गराए।
यदि कोही सुधारको महशुस गर्छ र सम्बन्धित रोगका लक्षण पनि देखा पर्न छाडेमा त्यसलाई ‘क्लिनिकल्ली क्युअर्ड’ भनिन्छ भने यदि सम्बन्धित डाक्टरले बिरामीलाई निको भएको महशुस गरे र अब सो रोग अरुलाई नसर्ने भन्ने पुष्टी गरेपछि त्यसलाई ‘प्याथोजन क्युर्ड’ भनिन्छ।

कहिले होला पूर्ण नियन्त्रण ?

कोभिड-१९ मौसमी हुन सक्ने विभिन्न विज्ञहरूले बताएका छन्। जाडो मौसममा यसले असर छाडेकाले यसको असर गर्मीमा बिस्तारै कम हुँदै जानसक्ने विश्वास गरिएको छ। यसको अधिक संक्रमण उत्तरी क्षेत्रतिर ज्यादा देखिएकोले पनि यसको असर गर्मीको समयमा कम हुने विश्वास गरिएको छ।