होलीमा प्रदेश २ भित्र दुई दिन सार्वजनिक विदा

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १८ : ३६
होलीमा प्रदेश २ भित्र दुई दिन सार्वजनिक विदा

जनकपुर । प्रदेश नम्बर २ को सरकारले होली पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको छ ।

नेपाल सरकारले होली पर्वमा एक दिनको सार्वजनिक विदा दिने गरेकोमा प्रदेश सरकारले दुई दिन विदा दिने निर्णय सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले होली पर्वको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक विदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ । फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।

प्रतिक्रिया दिनुहोस