काठमाडौं । नेता रामचन्द्र पौडेल पक्षधरको विरोधबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागहरुको प्रमुखमा थप मनोनयन गरेका छन् ।
सभापति देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७ केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन् । जसअनुसार एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ भने अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेदवारी दिइएको छ ।
यस्तै ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेदवारी दिइएको छ । यसअघि शनिबार सभापति देउवाले विभिन्न १३ वटा विभाग गठन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !