कोरोना भाइरस, होली

कोरोना भाइरसबाट बच्न होलीमा यी कुराहरुमा विशेष ध्यान दिन डाक्टरको सुझाव

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १४ : ५३
कोरोना भाइरसबाट बच्न होलीमा यी कुराहरुमा विशेष ध्यान दिन डाक्टरको सुझाव

काठमाडौं । होली खेल्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । 

टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले कोरोना भाइरसको जोखिम बढेकाले होली खेल्दा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

डाक्टर बास्तोलाका अनुसार कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्छ । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताए । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने गर्दछ ।

सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि सुझाव दिएका छन् ।

रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिए तुरुन्त डाक्टरको निगरानीमा जान डाक्टर बास्तोलाले आग्रह गरेका छन् ।