मर्यादित महिनावारी अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १२ : ०१
मर्यादित महिनावारी अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआईएम) ले राधा पौडेललाई 'एआईएमः एलुम्नाई अचिभमेन्ट अवार्ड' प्रदान गरेको छ । यो अन्तर्राष्ट्रिय अवार्ड पाउने पौडेल पहिलो नेपाली हुन् ।

मर्यादित महिनावारी अभियन्ताको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल चितवनवासी राधाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड हात पारेकी हुन् । सन् १९६७ मा स्थापना भएको एआईएमले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा अध्ययन गरिसकेका विद्यार्थीहरुमध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेका पूर्व विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने गर्छ । पौडेलले सोही कलेजबाट १० वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेकी थिइन् ।

'एआईएमः एलुम्नाई अचिभमेन्ट अवार्ड' प्रदान कार्यक्रमका केही झलक :

प्रतिक्रिया दिनुहोस