भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया तथा स्वास्थ्य लाभको कामना

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, ११ : ०९
भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया तथा स्वास्थ्य लाभको कामना

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीकोे सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै  शुभकामना दिएका हुन् ।

उनले ट्वीटमा भनेका छन–‘मेरो मित्र केपी शर्मा ओलीलाई पशुपतिनाथको कृपा संगै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गर्दछु  । प्रधानमन्त्री मृगौला प्रत्यारोपनका लागि आज टिचिंग अस्पताल भर्ना हुंदैछन् । उनको बुधबार शल्यक्रिया गरेर मृगौला प्रत्यारोपन हुंदैछ ।

शल्यक्रियाका लागि यसअघि मृगौला प्रत्यारोपन गरेका भारतीय चिकित्सक डा. अनन्त कुमार सहितको टोली नेपाल आईसकेको छ । 

प्रतिक्रिया दिनुहोस