काठमाडौँ । सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले यस्तो आग्रह गरेको हो । आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै त्यस्तो आग्रह गरेका हुन्।
सरकारले कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न चरणमा पूर्व तयारी गरिरहेको मन्त्री ढकालले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचााजमा कडाई गर्ने तयारी गरेको उनको भनाइ छ।
ढकालले देश बाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको बताए। कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको ढकालले बताए।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि गरेको छ। सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्वाद पनि प्रभावित हुने देखिएको छ। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ फागुन २०७६, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?