सरकारले 'भ्रमण वर्ष २०२०' स्थगन गर्यो

पत्रपत्रिकाबाट

आइतबार, १८ फागुन २०७६, २२ : ४२
सरकारले 'भ्रमण वर्ष २०२०' स्थगन गर्यो

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

गत जनवरीदेखि एक वर्षको अवधिमा २० लाख पर्यटक भित्र्याउने गरी सरकारले भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको थियो ।

तर चीनसहित विश्वभर कोरोना भाइरसको त्रास फैलिएपछि त्यसको असर नेपालमा समेत पर्दा पर्यटन क्षेत्र प्रभावित भएको थियो । यसैलाई मध्यनजर गर्दै हाललाई भ्रमण वर्ष स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस