प्रचण्ड माथि जुत्ता प्रहार गर्ने व्यक्ति ‘नेकपा’ समर्थक र शहीद परिवार नभएको खुलासा

विप्लब समुहको गतिविधीमा संलग्न

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०७६, २१ : ०७
प्रचण्ड माथि जुत्ता प्रहार गर्ने व्यक्ति ‘नेकपा’ समर्थक र शहीद परिवार नभएको खुलासा

काठमाडौं । राष्ट्रिय सभा गृहमा आज भईरहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि भएको दुव्यर्हारमा संलग्न व्यक्ति शहीद परिवार र नेकपाको समर्थक नभएको जुम्ला जिल्ला कमिटिले जनाएको छ ।

नेकपा जिल्ला कमिटि जुम्लाले आज एक विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गर्दै दोषी माथि कडा कारवाहीको माग समेत गरेको छ ।

अध्यक्ष विरबहादुर कुँवरद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको जति निन्दा गरेपनि नपुग्ने उल्लेख गर्दै यस्ता अराजनितिक, उदण्ड, आतंककारी गतिविधिमा संलग्न जुम्ला जिल्ला सिंजा गाँउपालिका निवासी मुन तिरुवाको छोरा रतन तिरुवालाई कडा कारवाहीको हुनुपर्नेमा जोड दिईएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘निज तिरुवा कुनै शहीद परिवार र नेकपाको समर्थक पनि नभएको र उक्त व्यक्ति विप्लब समुहको गतिविधीमा रहेको जानकारी गराउछु । ‘तिरुवाले जुम्लामा यस अघि पटक पटक अराजनितिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीले खोजी गर्दै आईरहेको विज्ञप्तीमा उल्लेख छ । सार्वजनिक स्थलमा गम्भीर प्रकारको घृषित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।

आज दिउँसो काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्ड माथि लक्षित जुत्ता प्रहार गरेका थिए । प्रहार गरिएको जुत्ता भने अध्यक्ष प्रचण्डलाई नलागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस