प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण बुधबार टिचिंग अस्पतालमा

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०७६, १३ : १८
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण बुधबार टिचिंग अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मृगौला प्रत्यारोपण गर्ने भएका छन् ।  प्रधानमन्त्री ओलीले आइतबार बसेको सचिवालय बैठकमा आफूले बुधबार मृगौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका हुन् । 

प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो । यस अघि उनको २०६३ सालमा मृगौला प्रत्यारोपन गरिएको थियो । उक्त मृगौलाले अहिले काम गर्न छाडेपछि पुनः अर्को प्रत्यारोपन गर्न थालिएको हो ।

यनको मिर्गौला प्रत्यारोपण विदेशमा गर्ने सरसल्लाह भइरहे पनि त्रिवि टिचिङ अस्पतालमै उनको मिर्गौला प्रत्यारोपण गरिने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस