सिपी मैनालीको स्वास्थ्य सुधारोन्मुख

आइतबार, १८ फागुन २०७६, ०८ : ०२
सिपी मैनालीको स्वास्थ्य सुधारोन्मुख

file photo

काठमाडौँ । कार दुर्घटनामा परेर ग्रान्डी अस्पतालमा उपचारार्थ भर्ना भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

नेकपा मालेका केन्द्रीय कार्यालय सदस्य वासु खड्काले मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएकाले चिकित्सकको परामर्शमा एक÷दुई दिनभित्रै इमरजेन्सीबाट छुट्टै कक्षमा सार्ने तयारी भइरहेको जानकारी दिए ।

गत १५ फागुनमा झापाबाट काठमाडौं आउँदै गर्दा मैनाली सवार बा.७च २१३० नम्बरको कारलाई ना.४च ७६६८ नम्बरको पिकअपले महोत्तरी बर्दिवास नगरपालिका–३ कालापानीमा ठक्कर दिँदा महासचिव मैनालीसहित पाँचजना घाइते भएका थिए ।

मैनालीलाई बिहीबारै हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । साँझ अस्पतालका डा. चक्रराज पाण्डेले टाउकोको शल्यक्रिया गरेका थिए । नयाँ पत्रिकामा खबर छ ।