काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । सन्दीपले थाइल्याण्डमा शनिबार देखि सुरु भएको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा विकेट लिंदै ऐतिहासिक उपलब्धि हात पारेका हुन् ।
यसअघि ९९ विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध विकेट लिएपछि सय विकेटको आँकडा पूरा गरे । उनले मलेसियाविरुद्ध आज दुई विकेट लिए । सन्दीपले पहिलो ओभरको दोस्रो बलमा मलेसियाका भिरनदिप सिंहलाई र अर्को बलमा खिजार हायतलाई आउट गरेका थिए । यससँगै सन्दीपले टी–२० एक सय एक विकेट पूरा गरेका छन् ।
सन्दीपले नेपालको राष्ट्रिय टोलीबाट १८ खेल खेल्दै ३० विकेट लिएका छन् । बाँकी ७१ विकेट विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलेर लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०७६, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा