काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।
फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।
अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ ।
यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ ।
यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ । उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०७६, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चलचित्र ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक
अनमोल केसीले फिर्ता गरे १० लाख
अनमोल केसीलाई अदालत उपस्थित गराइँदै
अनमोल केसीलाई आज अदालत लाने तयारी
अनमोल केसी नर्भिक अस्पतालमा भर्ना
अभिनेता अनमोल केसी पक्राउ