काठमाडौं । श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रीपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद श्रीलंकामा टुंगो लागेको हो ।
यसअघि सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले बुझाएको अन्तरिम प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई आज हस्तान्तरण गरेका थिए । प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो मन्त्रिपरिषदले गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त