फ्राइडे रिलिज : एक्लै आयो चलचित्र ‘धुलो’

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, १२ : १६
फ्राइडे रिलिज : एक्लै आयो चलचित्र ‘धुलो’

काठमाडौं । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट चलचित्र ‘धुलो’ देशभर प्रदर्शनमा आएको छ । 

एक्लै आएको यो फिल्मले देशभरका चलचित्र घर भने सबै पाएको छैन । अघिल्लो साताबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ र ‘सेन्टिभाइरस’ले पनि केही चलचित्रघर अझै ओगटेका छन् ।

‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको  अभिनय रहेको फिल्म हो ।

काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण भएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् ।

फिल्ममा ‘चार सय चालिसको बिजुली’ वोलको आइटम गीत समेत रहेको छ । जसमा अभिनेत्री दीपाशा बिसी हट अवतारमा प्रस्तुत भएकी छिन् । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् ।

प्रतिक्रिया दिनुहोस