संयुक्त राष्ट्र संघको विभिन्न मिसन र विभागिय नेतृत्वमा नेपालले पकड जमाउँदै

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, १६ : ५४
संयुक्त राष्ट्र संघको विभिन्न मिसन र विभागिय नेतृत्वमा नेपालले पकड जमाउँदै

काठमाडौं । संयुक्त राष्ट्र संघको विभिन्न मिसन र विभागिय नेतृत्वमा नेपालले पकड जमाउन थालेको छ । शान्ति मिसन होस वा सिड कमिटिको उच्च तह नेपालीको कार्यकुशलता फैलदो रहेको छ ।

हालैमात्र नेपाली सेनाका मेजर जनरल इश्वर हमाल संयुक्त राष्ट्र संघको मिसन प्रमुख तथा युनाइनेट नेसनन्स डिसइन्गेजमेन्ट अब्जर्भर(युएनडिओएफ)को कमाण्डर नियुक्त भएसँगै यसले थप बलियो पडक जमेको छ । विश्व शान्ति स्थापनामा नेपाली सेना निकै भरपर्दो मानिन्छ । 

युद्धताका नेपालको गोर्खाली सेनाको जति महत्व र माग थियो । अहिले विश्वका जुनसुकै कुनामा अशान्ति र युद्ध भएको खण्डमा त्यहाँको पहिलो माग नेपाली सेना नै हुने गरेको पाइन्छ । नेपालीको सबैलाई माया र सद्भाव व्यक्त गर्ने व्यवहार र कुशलतापूर्वक सत्रुलाई पनि मित्र बनाउने खुबीका कारण शान्ति सेनामा नेपाली चर्चित छन् । 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले मिसन प्रमुख र फोर्स कमाण्डरका रुपमा हमाललाई नियुक्त गरेका हुन् । नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्रसंघीय मिसननको उच्च पदमा नेतृत्व गर्नुहुने छैठौं नम्बरमा पर्नुहुन्छ । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संघमा यसरी उच्च पद सम्हाल्नुहुने नेपाली सेनाबाट ६ जना पुगेको छ । सन् १९४८ मा पहिलो पल्ट कृष्णनारायण सिंह थापा जेरुसेलममा फोर्स कमाण्डर बन्नुभएको थियो । दोस्रोमा जर्नेल भिक्ट्री राणा साइप्रसमा फोर्स कमाण्डर हुनुभएको थियो । जर्नेल बालानन्द शर्मा सन् २००४  मिसनमा फोर्स कमाण्डर हुनुभएको थियो । उहाँले संयुक्त राष्ट्र संघबाट फर्केलगत्तै नेपालको शसस्त्र द्वन्द्व पश्चातको शान्ति प्रक्रिया अन्तर्गत सेना समायोजन समितिको संयोजक भएर कार्य सफलता हात पार्नुभएको थियो । सुडान मिसनको फोर्स कमाण्डरका रुपमा शर्मा पश्चात पवनजंग थापाले नेतृत्व लिनुभयो । नेपाली सेनाका हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि संघको अनसो मिसनको कमाण्डर पद सम्हाल्नु भयो ।

उहाँहरुले जस्तै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सक्रिय सिड कमिटिको सहअध्यक्षका रुपमा नेपालका तर्फबाट बन्दना राणाले नेतृत्व गरीरहनु भएको छ । 

नेपाल सन् १९५५मा संयुक्त राष्ट्र संघको सदस्य बनेको हो । तर त्यस अघिदेखि नै शान्ति मिसनमा पनि सहभागिता जनाउँदै आएको थियो । विश्वशान्तिको नेपाली सेनाको तर्फबाट ४३ वटा मिसनमा नेपालले भाग लिइसकेको छ । हालसम्म १ लाख २९ हजार ८९९ नेपाली सैनिक शान्ति मिसनमा सामेल भैसकेका छन् । जसमध्ये १ हजार ४०१ महिला छन् । 

हाल विश्वका १२ वटा संयुक्त राष्ट्र संघीय मिसनमा नेपालको शान्तिसेना कार्यरत छन् ।
 

प्रतिक्रिया दिनुहोस