सुस्मिताको मृगौलाको प्रत्यारोपणका लागि आर्थिक संकलन गर्न सडक नाटक अभियान

बुधबार, १४ फागुन २०७६, १९ : ०२
सुस्मिताको मृगौलाको प्रत्यारोपणका लागि आर्थिक संकलन गर्न सडक नाटक अभियान

चितवन । रत्ननगर १२ सालघारी नवजागृति टोलकी १८ वर्षकी सुस्मिता भ्लोनको मृगौलाको प्रत्यारोपणका लागि स्थानीय युवाले आर्थिक संकलन अभियान सञ्चालन गरेका छन् । 

फुटवल खेलाडी समेत रहेकी उनको घरको अवस्था निकै दयनीय रहेको र आमाको साहराका भरमा बाँचेकी सुस्मिताको एउटा मृगौलाले काम नगरेपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएकाले त्यसका लागि केही भएपनि आर्थिक जोहो गर्न युवाहरुले सडक नाटक प्रस्तुत गरेको बताए । हाल भरतपुरको सरकारी अस्पतालमा उनको उपचार भइरहेको र उनको उपचारका लागी तिन दिनदेखि सडक नाटक गर्दै आएको स्थानीय युवाहरुले बताए । सडक नाटकबाट ४० हजारको हाराहारीमा रकम संकलन भएको र अझै केही दिन नाटक गरी रकम संकलन गरेर सुस्मिता भ्लोनको आमालाई रकम हस्तान्तरण गर्ने युवाहरुले बताएका छन् ।

पचारमा सहयोग गर्न चाहाने दाताले आमा सुकमाया भ्लोनको ९८१२२२८९०६ नम्वरमा सम्पर्क गरी सहयोग गरीदिन स्थानीयले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस