चन्द्र ढकालले गरे औपचारिक उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०७६, १५ : ०४
चन्द्र ढकालले गरे औपचारिक उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि गृहजिल्ला बागलुङबाट उम्मेदवारी घोषणा गरेका उनले काठमाडौंमा कार्यक्रम आयोजना गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।

दरबारमार्गस्थित याक एन्ड यति होटलबाट ढकालले ‘सम्मृद्धिको आधार, राज्य निजी क्षेत्र साझेदार’ भन्ने नारा अघि सार्दै उम्मेदवारी घोषणा गरेका छन्।

ढकालका प्रतिस्पर्धी किशोर प्रधानले यसअघि नै गृहजिल्ला विराटनगर पुगेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, काठमाडौंबाट भने घोषणा गरेका छैनन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।