माडीका वडाध्यक्षले तोडे अनसन

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०७६, १८ : २६
माडीका वडाध्यक्षले तोडे अनसन

चितवन । माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले आज अनसन तोड्नुभएको छ । भरतपुर अस्पतालमा उपचाररत पौडेलले अनसन बसेको आठ दिनपछि अनसन तोड्नुभएको हो ।

भरतपुर महानगरप्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, नेकपा नेता बद्री तिमिल्सिना, प्र्रहरी प्रमुख नान्तीराज गुरुङलगायतको उपस्थितिमा पौडेलले अनसन तोड्नुभएको हो । पौडेललाई आमा माया पौडेलले जुस खुवाएर अनसन तोडाउनुभएको हो । 

महानगर प्रमुख दाहालले अनसनरत वडाध्यक्षको स्वास्थ्य अवस्था बुझ्दै समस्या समाधानका लागि पहल भइरहेको जानकारी गराउनुभएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई निकुन्जको समस्या हल गर्न मौखिक सहमति गरेपछि आफूले अनसन तोडेको वडाध्यक्ष पौडेलले बताउनुभयो । 

यसअघि महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसँग छलफल भइरहेको  सन्देश लिएर भेट्न आएको बताउँदै महानगर प्रमुख दाहालले अनसनप्रति पूनर्विचार गर्न आग्रह गर्नुभएको थियो । माडीलाई मणी बनाउने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले निकुञ्जका कारण परेको समस्या छिट्टै समाधान हुने बताउनुभएपछि अनसन तोडेको वडाध्यक्ष पौडेलको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस