​राष्ट्रपतिलाई थप अधिकार दिने नेकपाको तयारी

संविधान संसोधन गर्दा राष्ट्रपतिलाई संकटकालको अधिकार, दुवै सदनका सदस्य प्रधानमन्त्री बन्न पाउने, राष्ट्रिय सभा सदस्य संख्या थप गर्ने देखि नागरिकता सम्मका प्रस्ताव

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०७६, ०९ : ०७
​राष्ट्रपतिलाई थप अधिकार दिने नेकपाको तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कुनै न कुनै रुपमा सक्रिय हुन चाहन्छिन् । त्यसका लागि उनले सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिमा बेलाबेला ‘हस्तक्षेप’ समेत उनले गर्दै आएकी छिन् ।

पार्टी बैठक बस्दै गर्दा प्रभावशाली नेताहरुलाई आफ्नै निवासमा बोलाई दिवा भोज दिने देखि पार्टीका अध्यक्षद्वयको कार्यविभाजन अगाडी सँगै राखेर गर्ने छलफल सम्मले राष्ट्रपति सक्रिय हुन चाहेकी सन्देश प्रवाह भई नै रहेको छ । 

भलै, सत्तारुढ दल र सरकारका निर्णय प्रक्रियामा उनको हस्तक्षेप या संग्लनता के कति छ ? त्यो उनले नै जान्ने कुरा हुन् । तर उनले नेताहरुलाई यस्तो बेला आफनो निवासमा निम्ताउने र छलफल गर्ने गरेकी छिन्, जसले सरकार र नेकपाका कतिपय निर्णयमा उनको पनि संग्लनता रहेको सन्देश भने बाहिर पुग्ने गरेको छ ।

कतिपय विश्लेषकहरुले राष्ट्रपतिको यो कदम उनको सक्रिय हुन खोज्ने पूर्व संकेत हो । राष्ट्रपति प्रधानमन्त्री केपी ओलीको दोश्रो मृगौला प्रत्यारोपणका क्रममा रहँदा केही अधिकार आफुमा सार्न चाहन्छिन् । 

तर संम्वैधानिक ब्यवस्थाका कारण उनको त्यो चाहना सहज पूर्ति हुने देखिदैन । त्यसकारण पनि उनका लागि पनि संविधान संसोधन अहिले आवश्यकता छ । कतिपय अवस्थामा निश्चित समयसिमाका लागि केही अधिकार आफुमा निहित गर्न अथवा भनौं प्रधानमन्त्रीको अधिकार आफुमा सार्न उनी लालायित छन् ।

त्यसका लागि संकटकालिन अधिकारको घोषणा गरेर अधिकार आफुमा अन्र्तनिहित गराउने लालसा राष्ट्रपति विद्यादेवी भण्डारीमा देखिन्छ । राजनीतिक विश्लेषक सौरभले केही महिना पहिले प्रधानमन्त्री ओली पछिको सरकारको बागडोरको कार्यकारी अधिकारको हकदार राष्ट्रपति विद्यादेवी भण्डारी बन्ने भविश्यवाणी नै समेत गरेका थिए ।

उनले ओली पछिको उत्तराधिकारी राष्ट्रपति विद्या भण्डारी हुने र त्यस्तो उत्तराधिकारी प्रधानमन्त्री या राष्ट्रपति जे का रुपमा भएपनि अधिकार लिएर हुने टिप्पणी एक सञ्चारमाध्यममा गरेका थिए ।
 
त्यसबेला यसलाई धेरैले पत्याउन चाहेका थिएनन् । तर अहिले नेकपाभित्र उठेको संविधान संसोधनका एजेण्डा भित्रको भित्री योजना मध्येको एउटा राष्ट्रपतिलाई संकटकाल लगाउने अधिकार सम्मको रहेको नेकपाकै एक शीर्ष नेताले जानकारी दिएका छन् ।

देखिंदा वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गराउन चाहेको र उनै गौतमको संसद छिर्ने छिर्के दाउभित्र मात्र अहिले संविधान संसोधनको बहस आएको बताउन थालिएको छ । तर यो भित्र अन्य थप तीन एजेण्डा पनि अन्र्तनिहित रहेको ती नेताको भनाइृ छ ।

उनका अनुसार, वामदेवले उठाउदै आएको राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधनको एजेण्डा त छदैछ, त्यसवाहेक पनि नागरिकता, राष्ट्रिय सभाकै सदस्य संख्या बढाउने र राष्ट्रपतिलाई संकटकालको अधिकार सम्म दिने गरी चार ओटा विषयमा संविधान संसोधनको छलफल नेकपाभित्र उठेको छ ।
 
त्यसो गर्दा संविधान संसोधनका लागि दुई तिहाई बहुमत पु¥याउन मधेस केन्द्रीत दल राष्टिय जनता पार्टी (राजपा)को पनि साथ मिल्ने र राष्ट्रपति विद्या भण्डारी पनि खुसी हुने बुझाई नेकपाका नेताहरुको देखिन्छ ।
 
राष्ट्रपतिलाई संकटकालको अधिकार दिदा त्यसले दीर्घकालमा पार्न सक्ने जोखिमका विषयमा भने नेताहरुले गम्भिरतापूर्वक सोचेको देखिदैन् । भलै नेकपाले अव यो विषयलाई कसरी निरुपण गर्छ त्यो अवका केही दिन पर्खिनुपर्ने देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस