दाङ । कांग्रेस केन्द्रीय नेताहरुले सरकारले जनमतको कदर गर्न नसकेको आरोप लगाएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसनले सोमबार घोराहीमा आयोजना गरेको ‘शान्ति प्रक्रियामा कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा सहभागी नेताहरुले सरकार विभिन्न दलदलमा फसेको बताए ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले जनताको मतको सम्मान गर्न नसकेको बताए । भ्रष्टाचार र अनियमिततामा सरकारका जिम्मेवार व्यक्तिहरु जोडिदै जानु लज्जास्पद भएको उनले बताए । फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले सरकारले विभिन्न झुटा आश्वासन दिने र जनतालाई झुक्याउने काम गरिरहेको बताइन् ।
शान्ति प्रकृयासँगै देशलाई नयाँ गति दिन कोइरालाको योगदान अतुलनिय रहेको उनले बताइन् । केन्द्रीय सदस्य गगन थापाले सरकार संविधान कार्यान्वयनको पक्षमासमेत कमजोर देखिएको बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीलगायतले कोइरालाको योगदानको चर्चा गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ फागुन २०७६, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस