भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ ।
ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो । मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने सवारीसाधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन