प्रधानमन्त्री कप महिला भलिबल शुरु

विहीबार, ०३ फागुन २०७४, १६ : १५
प्रधानमन्त्री कप महिला भलिबल शुरु

नेपालगञ्ज । जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ ।
मिस नेपाल निकिता चन्दकले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको सहभागिता छ । (रासस)

प्रतिक्रिया दिनुहोस