एजेन्सी । भारत भ्रमणमा निस्किनु अघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू भारतका आफ्ना मित्रसँगको भेटघाटका आशामा रहेको बताएका छन् ।
तर कुरा त्यति मात्रै थिएन । उनले यो कुरा ट्वीटमार्फत भने र साथमा एउटा भिडियो रिट्वीट गरे जसमा उनले आफूलाई ‘बाहुबली’को रुपमा पेश गरेका थिए ।
ट्रम्पको ट्वीटपछि ट्वीटरमा भिडियोप्रति हंगामा भएको छ । ट्वीट भएको २४ घण्टाभित्र १८ लाखभन्दा बढी मानिसले भिडियो हेरिसकेका छन् ।
के छ भिडियोमा ?
ट्रम्पले शेयर गरेको भिडियो ‘फोटोसप’ गरिएको हो र त्यसमा सुपरहिरो फिल्म ‘बाहुबली’का केही सट्समा अमरेन्द्र बाहुबलीको अनुहारमाथि ट्रम्पको अनुहार लगाइएको छ ।
त्यसपछि भिडियोमा अभिनेता प्रभाशले गरेको कर्तव ट्रम्पले गरिरहेको देख्न सकिन्छ । भिडियो क्लिपमा राष्ट्रपति ट्रम्पका अतिरिक्त उनकी श्रीमती मेलनिया ट्रम्प र छोरी इभान्का ट्रम्पका अनुहार बाहुवली फिल्मका अन्य पात्रको अनुहारमा इम्पोज गरिएको छ ।
केही दिन पहिले राष्ट्रपति ट्रम्पले ‘शुभ मंगल ज्यादा सावधान’ फिल्मको प्रशंसा गर्दै एक ट्वीट शेयर गरेका थिए ।
फिल्ममा अभिनेता आयुष्मान खुरानाले एक समलिंगी व्यक्तिको भूमिका निभाएका छन् ।
फेब्रुअरी २४–२५ को दुई दिने भारत भ्रमणको क्रममा ट्रम्पसँग उनका परिवारका अन्य सदस्य श्रीमती मेलनिया ट्रम्प, छोरी इभान्का ट्रम्प र ज्वाई जेर्ड कुस्नर पनि आउदैछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पले भने : 'यो दुःखद हो
आप्रवासीहरूलाई अफ्रिकी तथा युरोपेली देशहरूमा निष्कासन गर्ने ट्रम्पको योजना
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
तेस्रो कार्यकालमा रुचि छैन : राष्ट्रपति ट्रम्प
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्ज बर्खास्त
ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै