चौतारा । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । सोही घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु