काठमाडौं । रुपन्देही, कास्की, कैलाली, चितवन, नवलपारसी(पश्चिम) र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ मंगलापुरमा लु.४० प ५९४८ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक बुटवल उपमहानगरपालिका-६ बस्ने ३२ वर्षीय रोशन गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी रुपन्देहीको सियारी गाउँपालिका-२ मैनहियामा लु.७ प ६३३३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय संतोषी चौधरीकी छोरी १ वर्षीया करूणा चौधरीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका संतोषी चौधरी र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कास्कीको पोखरा महानगरपालिका-२२ स्थित सडकमा पनि ग.२ च ७७६३ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार पोखरा महानगरपालिका-१७ बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलालीको गौरीगंगा नगरपालिका-८ बडैपुरमा ना.५ ख ९६ नम्बरको बसले से.६ प ६८२२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार डडेल्धुरा आलीताल गाउँपालिका-८ बस्ने २२ वर्षीय डम्बर भट्टको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा पर्शुराम नगरपालिका-१० बस्ने २५ वर्षीय खेमराज भट्टको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१८ बिष्णु चोकमा बा.१८ च ५७०९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार सोही नगरपालिका बस्ने २४ वर्षीय नरेश कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारका चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपारसी (पश्चिम) को सुनवल नगरपालिका-१२ हरकट्टामा पनि भे.१ ख ३१६२ नम्बरको बसले लु.१९ प ७९७८ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने २७ वर्षीय केशव घिमिरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता काभ्रेको महाभारत गाउँपालिका-६ ग्वालटारमा ना.६ त २४६८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरको टेलरले किचेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय कुमार बैजुको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते
झापामा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते