बिग्रेरर रोकिएको श्री एयरलाईन्सको जहाज उड्यो

शनिबार, १० फागुन २०७६, १३ : ४९
बिग्रेरर रोकिएको श्री एयरलाईन्सको जहाज उड्यो

काठमाडौं । काठमाडौंबाट नेपालगंज जान लागेको श्री एयरलाईन्सको जहाज स्टार्ट भएर उडने तरखरमा रहेको बेला एक्कासी बिग्रेरर रोकिएको साढे दुई घण्टापछि उडेको छ ।

एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या समाधान गरेर १०ः५१ मा जहाज साविककै गन्तव्य नेपालगञ्ज प्रस्थान गरेको जानकारी दिए । 

महाप्रवन्धक मानन्धरले हवाईजहाजहरुमा प्राविधिक समस्या आउनु सामान्य भएको बताए । ‘यस्ता समस्याहरु आइराख्छन् र समाधान गरेर उडाइन्छ । आज भएको पनि त्यस्तो ठूलो समस्या केही पनि होइन,’ उनले भने ।