एजेन्सी । रुसको विदेश मन्त्रालयले युक्रेनले सैन्य विमान खसालेको आरोप लगाएको छ । युक्रेनको सीमावर्ती बेल्गोरोड क्षेत्रमा रुसी सैन्य विमान इलुसिन–७६ दुर्घटनाग्रस्त भएको थियो ।
स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले विमान कोरोचान्स्की जिल्लामा दुर्घटनाग्रस्त भएको बताए। दुर्घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान भइरहेको उनले जानकारी पनि दिए ।
उक्त विमानमा जम्मा ७४ जना सवार थिए र ती सबैको मृत्यु भएको थियो । सरकारी समाचार एजेन्सी टासका अनुसार विदेश मन्त्रालयले यसलाई 'क्रूर' भनेको छ।
बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बताए । उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ माघ २०८०, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु