एजेन्सी । रुसको विदेश मन्त्रालयले युक्रेनले सैन्य विमान खसालेको आरोप लगाएको छ । युक्रेनको सीमावर्ती बेल्गोरोड क्षेत्रमा रुसी सैन्य विमान इलुसिन–७६ दुर्घटनाग्रस्त भएको थियो ।
स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले विमान कोरोचान्स्की जिल्लामा दुर्घटनाग्रस्त भएको बताए। दुर्घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान भइरहेको उनले जानकारी पनि दिए ।
उक्त विमानमा जम्मा ७४ जना सवार थिए र ती सबैको मृत्यु भएको थियो । सरकारी समाचार एजेन्सी टासका अनुसार विदेश मन्त्रालयले यसलाई 'क्रूर' भनेको छ।
बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बताए । उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ माघ २०८०, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
लन्डनमा उड्नेबित्तिकै खस्यो विमान
कतारले अमेरिकालाई दियो विमान उपहार
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो