काठमाडौँ । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ । काठमाडौँबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो । विमानमा परराष्ट्रमन्त्री एनपी सावद पनि छन् ।
दुई सय ५० सिट क्षमताको सो विमान आजै राति ९ बजे फर्किने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु