मौसमका कारण जहाज उड्न नसकेपछि सभामुख र मन्त्रीसहितका नेताहरू विमानस्थलमै अलपत्र

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १४ : ३५
मौसमका कारण जहाज उड्न नसकेपछि सभामुख र मन्त्रीसहितका नेताहरू विमानस्थलमै अलपत्र

काठमाडौं। काठमाडौंदेखि भैरहवाको निर्धारित उडान हुन नसकेपछि बुटवल जेसीसको पदस्थापन समारोहमा जान हिँडेका नेताहरू विमानस्थलमै अलपत्र परेका छन् । मौसममा खराबीका कारण भैरहवाको उडान हुन नसकेपछि उपसभामुख इन्दिरा रानासहित मन्त्री र नेताहरू चार घण्टा विमानस्थलमै रोकिएर फर्किएका हुन् । 

कांग्रेस नेता चन्द्र भण्डारीले भैरहवाको उडान समयमा हुन नसकेकोले विमानस्थलमा चार घण्टा बसेर फर्किएको जानकारी दिएका छन् । उनले फेसबुकबाटै कार्यक्रममा आउन नपाएको दु:ख व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन् ।

बुटवल जेसीसको पदस्थापन समारोहमा सहभागी हुन उपसभामुख रानामगरसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्ती रमेश रिजाल, कांग्रेस नेता शशांक कोइराला, एमाले नेता महेश बस्नेतगायत नेताहरू विमानस्थलबाटै फर्किएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस