नेपालको विद्युत् : भारत नाघेर बंगलादेश पुर्‍याउन सम्भव छ ?

शनिबार, १० फागुन २०७६, १३ : ००
नेपालको विद्युत् : भारत नाघेर बंगलादेश पुर्‍याउन सम्भव छ ?

काठमाडौँ । नेपाल र बंगलादेशले भावी विकासमा साझेदार बनेर सम्बन्धलाई नयाँ उचाई दिन प्रयास थालेको छ । त्यसको ज्वलन्त उदाहरण भने नेपालले विद्युत् बंगलादेशले किन्ने भन्ने हो । दुई देशबीच लामो समयमादेखि उक्त विद्युत् खरिदको विषय अघि बढेको छ । तर परिणाम देखिइसकेको छैन । नेपाल र बंगलादेशको दुरी २७ किलोमिटरको मात्रै भएपनि बीचमा भारत भूमि प्रयोग गर्नु महत्वपूर्ण विषय हो । त्यसलाई नाघेर विद्युत् पुर्‍याउनुपर्ने वाध्यता छ ।

अहिले एउटा प्रश्न महत्वपूर्ण बनेर उठेको छ । के भारत नाघेर नेपालको विद्युत् बंगलादेश लैजान सम्भव छ ? किन की विगतको उदाहरण हेर्ने हो भने भारत हरेक दृष्टिकोणबाट नेपाललाई आफ्नो प्रभावमा पारिरहन चाहन्छ । त्यसको महत्वपूर्ण परिदृष्य भनेको केही वर्ष अघिको नाकाबन्दी हो । हुन पनि नेपाल ाभारतसँग हरेक कुरामा नजिक भएको विगतको उदाहरण छ । पछिल्लो समयमा छिमेकी मुलुक चीनसँग पनि नेपालले आर्थिक व्यापारीक सम्बन्ध प्रगाढ बनाउँदै लगेको छ । शान्ति प्रक्रिया अघि बढेसँगै तेस्रो मुलुकमा पनि नेपालले सम्बन्ध विरुतार गरिरहेको छ । त्यसैको उदाहरण हो बंगलादेशलाई नेपालले विद्युत् वेच्ने विषय ।

बंगलादेशका राष्ट्रपछि मोहम्मद अब्दुल हमिदले नेपालको भ्रमण गरेर सम्बन्धलाई उच्चस्तरमा बलियो बनाएको छ । हालैमात्र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि बंगलादेशको भ्रमण गरेर फर्किएका छन् । 

उनले भनेका छन्, “प्रतिनिधिमण्डल स्तरमा भएको वार्तामा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवम् फलदायी बनाउन द्विपक्षीय हितका सबैपक्षमा सारभूत छलफल भएको छ ।”छलफल विगतदेखि भएकै हो । तर व्यवहारमा परिणाम उतार्ने कुरा महत्वपूर्ण हुन्छ ।  

नेपालले अहिले विद्युत् उत्पादनलाई तिब्रत्तर रुपमा अघि बढाएको छ । नयाँ नयाँ परियोजना सञ्चालनमा छन् । आगामी वर्षबाट विद्युत् नेपाललाई बढी हुने उर्जा मन्त्रालयले प्रक्षेपण गरिसकेको छ भने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिंगले बढी विद्युत् खपत गर्न नागरिकलाई आव्हान गर्नुले पनि त्यसको संकेत दिन्छ । 

आधुनिक सम्बन्ध स्थापना गर्न बंगलादेशको यो भ्रमण सफल रहेको उनको अनुभव छ । 
बंगलादेशका प्रधानमन्त्री शेख हसिनावाजेद सँग भएको शिष्टाचार भेट सम्झदै  नेपाल र बंगलादेशबीचको राजनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धलमा बदलेर सहकार्य गर्न सकिने समmभदारी बनेको परराष्ट्रमन्त्रालयले जनाएको छ । 
“जलविद्युत् लगायत उर्जाका स्रोतहरुको विकास एवं व्यापार गर्ने विषयमा बंगलादेशसँग सहमति भएको छ,” मन्त्री ज्ञवाली भन्छन् । उनले बंगलादेशका बाणिज्यमन्त्री टिपु मुन्सीसँगको भेटमा नेपाल बंगलादेश व्यापार तथा  निर्यात प्रवद्र्धन र दुबै देशबीच विकास सञ्जाल वृद्धि गर्ने बारेमा सहमति गरेर आएका पनि छन् । सहमती हुँदैमा काम पुरा हुन्छ भन्ने मान्न सकिँदैन । त्यसका लागि बीचमा पर्ने भारतसँग पनि महत्वपूर्ण छलफल र वार्ता जरुरी हुन्छ । 

दुई देशबीचको व्यापार प्रवद्र्धन सन्तुलित बनाउन व्यापार सम्भाव्यताको नयाँ बाटो खोजीगर्ने, रहेका अवरोधहरु हटाउने, भन्सार शुल्क घटाउने तथा निर्यातयोग्य वस्तुहरुको उत्पादन वृद्धि गर्नमा जोड दिनुपर्छ ।

जसका लागि बंगलादेश सरल एवम् सहज ढंगले पारवहन सेवा नेपाललाई प्रदान गर्न सहमति जनाएको छ । नेपालको उर्जा, कृषि पर्यटन लगायतका क्षेत्रमा बंगलादेशको लगानी वृद्धि गर्ने  समझदारीले नेपालमा बंगलादेशले विकासका र आर्थि पूर्वाधारका क्षेत्रमा सहकार्य गर्ने बाटो खुलेको छ । पर्यटन क्षेत्रको विकासका लागि दुबै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्न सकिनेमा दुई देश सहमत भएको छ ।

दुई देशबीचको कनेक्टिभिटीलाई अझ विस्तार गर्न नजिक रहेका सहरबीच सिधा हवाई उडान गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नती, रेलमार्गको सञ्जाल विस्तार, नेपाल, भारत र बंगलादेशका नदीहरु जोड्ने र जलमार्गको विकास गर्ने समझदारी पनि बंगलादेशसँग भएको छ । नेपालभित्रका नदीको सञ्जाल जोड्दै एकिकृत रुपमा विद्युत् उत्पादन र त्यसको बंगलादेश लगायत अन्य देशमा व्यापार गर्न दुबै देशले पहल थालेको छ ।

नेपाल सरकार बंगलादेशमा विद्युत् व्यापार गर्न सक्षम रहेकाले त्यसका लागि आफ्नै पहल काफी रहेको मन्त्री ज्ञवाली प्रष्ट्याउँछन् । भारतसँग भएको सम्झौता र एमसिसिमार्फत बन्ने क्रसबोर्डर ट्रान्समिसन लाईनले बंगलादेशसँगको विद्युत् व्यापारलाई थप सहज बनाउने आशा नेपालले लिएको छ । 

बंगलादेशका नेपालका विद्यार्थी चिकित्सा शिक्षा लिने एउटा राम्रो गन्तब्य मानिन्छ । यस अघि नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोशम्मद अब्दुल हमिदले बिद्यार्थीका लाथि थप सहज बाटो बनाउने प्रतिवद्धता जनाइसकेका छन् । सोही अनुसार अध्ययनरत विद्यार्थीलाई थप सहयोग उपलब्ध गराउने बिषयमा पनि बंगलादेशले दुई पक्षीय सहमतिलाई सकारात्मक बाटोमा अघि बढाएको छ । साथै जन सम्बन्धको विस्तार गर्ने बारेमा विभिन्न पक्षबाट सहयोग आदान प्रदान गर्दै अघि बढ्ने भएको छ ।  

सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको समस्या समाधान गर्न पनि बंगलादेश नेपालसँग साथ रहने भएको छ । 

बंगलादेशस्थित नेपाली राजदूत डा.बंशीधर मिश्रका अनुसार नेपालले निर्माण गर्ने ट्रान्स बोर्डर विद्युत् प्रसारण लाइनमार्फत छिट्टै नै बंगलादेशमा नेपालको बिजुली पुर्याउने अभियानमा दुई देश लागि परेको छ । बंलादेशले नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्ने र बिजुली किन्ने लिखितै सम्झौता भएको छ । खाली कुनकुन कसले लिने र लगानी गर्ने भन्ने कुरा मिलाउन बाँकी छ । 

भारतीय जलविद्युत् कम्पनीले बनाइरहेको नेपालको विद्युत् परियोजनाको ५०० मेगावाट बंलादेशले किन्ने एक सम्झौता समेत भएको छ । नेपाल र बंलादेशको दूरी भौगोलिक रुपमा २७ किलोमिटरको  मात्र छ । नेपाल र बंगलादेशको रहनसहन, खानपान, भौगोलिक वस्तुृस्थितति, सांस्कृतिक क्रियाकलाप, आपसमा धेरै मेल खान्छ । बंगलादेशले स्वतन्त्र  अस्तित्व पाएको दिनदेखि नै नेपालसँग घनिष्ठ रहेको छ । बंलादेशलाई मान्यता दिने नेपाल सातौँ राष्ट्र हो । नेपाल बंगलादेशबीच औपचारिक रुपमा दौँत्य सम्बन्ध भने सन् १९७२ देखि कायम भएको हो । 

राजदूत मिश्रका अनुसार नेपालले बंगलादेशसँग मिलेर रेल्वे कनेक्टिभिटीको सम्बन्धलाई नयाँ सम्भावनाका रुपमा अघि लैजान सक्छ । यसतर्फ जोगबनीबाट विराटनगर जोड्नका लागि दुई देशले अन्तिम तयारी गरीरहेको छ ।
जस अनुसार बंगलादेशको पञ्चगढबाट जलपाइगुडी नेपालको काँकडभिट्टासम्म रेल आउँदैछ । जसले नेपालको व्यापार ढुवानीमा कोशेढुंगाको काम गर्ने अपेक्षा गरिएको छ । यसलाई व्यवस्थित गर्न सम्झौता गरेर कार्यान्वयनमा लैजानुपर्नेमा उहाँ जोड दिनुहन्छ । बंगलादेशसँग जलयातायातको सम्भावना पनि तिब्र छ । नेपालका हिमनदी गंगा नदीहुँदै बंगलादेशको पद्मा नदीमा मिल्छ । भारतले गंगा नदीहुँदै पद्मा नदीबाट चटगाउँको बन्दरगाहमा जलयातायातमार्फत व्यापार प्रवद्र्धन गरीरहेको छ । गंगासँग जोडिदै बंगलादेश पुग्ने जलमार्गको सपना पुरा गर्न नेपालले काम गर्न सक्छ ।

नेपालले बंगलादेशसँग सहकार्य गर्नसक्ने कनेक्टिभिटी, व्यापारमार्फत ग्रिन इनर्जीका रुपमा जलविद्युत्, पर्यटन र वस्तु व्यापार क्षेत्र रहेका छन् । नेपालमा उत्पादन हुने चिया, कफी, अदुवा, अम्रिसो, अलैँची, दालचिनी, फलफूल, दाल, तरकारी, धागो बंगलादेशमा तिब्र माग छ । अहिले चीनबाट बंगलादेशले धागो आपूर्ति गरिरहेको छ । नेपालले त्यो धागो दिनसके बंगलादेशलाई सस्तो र सहज गराउँदै  नेपालको निर्यात व्यापार बढाउनेछ । प्रक्रियाहरु ऋघि बढेका देखिन्छन् । तर त्यसलाई ठोस रुप दिन भने नेपालले अझै धेरै प्रयास गर्नु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस