एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएकोप्रति असन्तुष्टि जनाएका छन् ।
समाजमा धनी र गरिबबीच रहेको खाडलमाथिको डार्क सटायर फिल्म ‘प्यारासाइट’ले ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको थियो ।
फिल्म उक्त उपाधी जित्ने पहिलो विदेशी भाषाको फिल्म हो । ‘प्यारासाइट’ले ओस्कारमा उत्कृष्ट निर्देशकसमेत अन्य तीन विधामा पनि पुरस्कार जितेको थियो ।
‘ओस्करको उत्कृष्ट फिल्मको उपाधी दक्षिण कोरियाली फिल्मले जित्यो । दक्षिण कोरिया र हामीबीच व्यापारमा यति धेरै समस्या छन् । अनि एकेडेमी भने तिनका फिल्मलाई वर्षको उत्कृष्ट फिल्मको उपाधी दिएर बसेको छ,’ आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने ।
प्यारासाइटको विरोध गर्ने क्रममा ट्रम्पले हलिउडको क्लासिक फिल्म ‘गन विद द विण्ड’जस्ता फिल्मले पुरस्कार पाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै