अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या

शनिबार, १० फागुन २०७६, ११ : ४२
अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या

एजेन्सी । अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो । 

लस एन्जल्स प्रहरी विभागले उनको हत्याको कारण पत्ता नलागेपनि उनको नकावधारीहरुले हत्या गरेको खुलेको जानकारी दिएको छ । 

रिपोर्टका अनुसार अपराह्न ४ः३० बजे घटना भएको सिसि क्यामेरा फुटेजमा देखिएको छ । गोली लागेका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । 

उनको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो । 

प्रतिक्रिया दिनुहोस