काठमाडौं । मकवानपुर जिल्लामा बालविवाह रोक्ने अभियानअन्तर्गत एक सातामा आठ जोडी बालबालिकाको विवाहमा रोक लगाइएको छ । बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता र सिविन बाल हेल्पलाइन मकवानपुरको पहल एवं सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा बालविवाह गर्नमा रोक लागाइएको हो ।
एक सातामा भीमफेदी गाउँपालिकामा ७ वटा बालविवाहमा रोक लगाइएको छ । यसै गाउँपालिकाका अध्यक्ष हिदम लामाले बालविवाह न्यूनीकरण नगरी बालमैत्री पालिका घोषणा गर्न नसकिले भएकाले सर्वप्रथम बालविवाहमा रोक लगाउन पालिकाको तर्फबाट कुनै कसूर बाँकी नराख्ने बताउनुभयो ।
बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झविन्द्र ज्ञवालीलगायतको सहभागितामा बालविवाह रोक लगाउन गाउँपालिका कै छलफलमा अध्यक्ष लामाले भन्नु भएको हो । लामाले छलफलमा बालबालिकाको अभिभावकसँग बालविवाहविरुद्ध सरकारी नीतिको जानकारी गराएर बालबालिका र अभिभावकलाई सचेत गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ फागुन २०७६, २२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
२० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजाय
अस्मिता र महेशबीच कसियो लगनगाँठो
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश