गुजरात । भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प आगामी सोमबार गुजरात आउँदैछन् । दुई दिवसीय भारत भ्रमणको सुरुवात ट्रम्पले गुजरातबाट गर्दैछन् ।
ट्रम्पले गुजरातको अहमदावादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियम उद्घाटन गर्ने कार्यक्रम छ ।
गुजरातका सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार गुजरातमा ट्रम्प करिब तीन घण्टा रहनेछन् । ट्रम्पको तीन घण्टे भ्रमणका लागि अहमदावाद सहरलाई सजाउन, सडक पिच गर्न, सुकुम्बासीहरुको झुपडी रहेको बस्तीलाई सडक किनारमा ७ फिट अग्लो पर्खाल बनाएर ढाक्ने लगायतका काम गर्न गुजरात सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको छ ।
८५ करोड रुपैयाँको करिब आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च गरिदैँछ । ट्रम्पको भ्रमण अवधिको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहने जनाइएको छ ।
ट्रम्पको सवारी मार्गमा पर्ने क्षेत्रलाई सजाउनका लागि ६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै सांस्कृतिक कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।
अहमदावाद नगर निगमका आयुक्त विजय नेहरालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार ट्रम्पले उद्घाटन गर्ने स्टेडियमसम्म पुग्ने सडक चौडा गर्न र अन्य पूर्वाधान निर्माणका लागि ३० करोड रुपैयाँ खर्च भएको छ । - एजेन्सी
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत