गुजरात । भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प आगामी सोमबार गुजरात आउँदैछन् । दुई दिवसीय भारत भ्रमणको सुरुवात ट्रम्पले गुजरातबाट गर्दैछन् ।
ट्रम्पले गुजरातको अहमदावादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियम उद्घाटन गर्ने कार्यक्रम छ ।
गुजरातका सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार गुजरातमा ट्रम्प करिब तीन घण्टा रहनेछन् । ट्रम्पको तीन घण्टे भ्रमणका लागि अहमदावाद सहरलाई सजाउन, सडक पिच गर्न, सुकुम्बासीहरुको झुपडी रहेको बस्तीलाई सडक किनारमा ७ फिट अग्लो पर्खाल बनाएर ढाक्ने लगायतका काम गर्न गुजरात सरकारले ८५ करोड रुपैयाँ खर्च गरेको छ ।
८५ करोड रुपैयाँको करिब आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च गरिदैँछ । ट्रम्पको भ्रमण अवधिको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहने जनाइएको छ ।
ट्रम्पको सवारी मार्गमा पर्ने क्षेत्रलाई सजाउनका लागि ६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै सांस्कृतिक कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।
अहमदावाद नगर निगमका आयुक्त विजय नेहरालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार ट्रम्पले उद्घाटन गर्ने स्टेडियमसम्म पुग्ने सडक चौडा गर्न र अन्य पूर्वाधान निर्माणका लागि ३० करोड रुपैयाँ खर्च भएको छ । - एजेन्सी
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ट्रम्पको आशंका : अब रुस र भारत चीनका पक्षमा
सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्: ट्रम्प
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक