चिनियाँ दुतावासले चीन विरोधी ‘सुगा’ भनेका सम्पादकको आजैबाट जागिर चट !

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०७६, ०९ : २९
चिनियाँ दुतावासले चीन विरोधी ‘सुगा’ भनेका सम्पादकको आजैबाट जागिर चट !

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समुहको ‘सुगा’ भनी टिप्पणी गरेका एक प्रधान सम्पादकको जागिर जाने भएको छ । कान्तिपुर मिडिया गुप्र अन्र्तगतको काठमाडौं पोष्टका प्रधान सम्पादक अनुप काफ्लेको जागिर आजबाट चट् हुन लागेको हो ।

काठमाडौं पोष्टले हिजो मंगलवारको अंकमा माओत्से तुङको फोटो गलत अर्थ दिने गरी प्रकाशित गरेको भन्दै चिनियाँ दुताबासले कडा आपत्ति जनाउँदै काठमाडौं पोष्टका सम्पादक काफ्लेलाई चीन विरोधी समुहको सुगा भएको टिप्पणी गरेको थियो । 

फ्रेबुअरी १८ (फागुन ६) मा प्रकाशित आलेख ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोना भाइरस क्राइसिस मच वर्स’ शीर्षकमा इभो डाल्डरले लेखेको आलेखका साथ कोरोना भाइरसबाट बच्नकै लागि माओत्से तुङले मास्क लगाएजस्तो भान हुने गरी काठमाडौं पोष्टले हिजो मंगलबारको अंकमा फोटो छापेपछि काफ्लेमाथी दुतावासले त्यस्तो टिप्पणी गरेको थियो ।  गलत अर्थ दिने गरी माओत्से तुङको फोटो छापेकोमा गम्भीर असहमति जनाएको चिनियाँ दूतावासले काफ्ले चीनसँग सम्बन्धित विषयमा जहिल्यै पूर्वाग्रही भएको समेत बताएको थियो ।

‘काठमाडौं पोस्टका प्रधान सम्पादक चीनसँग सम्बन्धित विषयमा जहिल्यै पूर्वाग्रही हुनु दुखद् हो । यसपटक उनी केही चीनविरोधी समूहको सुँगा भएका छन्’ दुतावासको विज्ञप्तिमा भनिएको छ । कान्तिपुरले काफ्लेको जागिर चिनियाँ दुतावासको त्यस्तो वक्तब्य पछि खान लागेको भने होइन । यो एउटा संयोग मात्र मिलेको हो । कान्तिपुरले उनलाई आजकै मितिवाट बिदा गर्ने निर्णय यस अगाडी नै गरिसकेको छ ।

अमेरिकामा रहेका उनलाई ११ लाख तलब दिने गरी कान्तिपुरले काठमाडौं पोष्टमा भित्राएको थियो । तर काफ्ले आएपछि कान्तिपुर मिडिया गुप्र अन्र्तगतको काठमाडौं पोष्ट जहिले विवादमा तानिने गरेको, प्रभावकारी काम काफ्लेले देखाउन नसकेको र ठूलो धनराशी खर्च गरेर हात्ती पालेझंै सम्पादक पाल्न नसक्ने कान्तिपुर ब्यवस्थापनमा छलफल पछि उनलाई दुई महिना अगाडी नै फागुन ७ वाट बिदा गर्ने गरी ब्यवस्थापनले निर्णय लिईसकेको थियो । सोही कारण दुतावासले चिन विरोधी समुहको सुगा भएको टिप्पणी गरेका प्रधानसम्पादक काफ्लेको आजैबाट कान्तिपुरमा जागिर चट् हुन लागेको छ ।
 

प्रतिक्रिया दिनुहोस