घरेलु तथा साना उद्योग चितवनले ३९२ युवालाई स्वरोजगार बनाउँदै

मंगलबार, ०६ फागुन २०७६, १८ : ०२
घरेलु तथा साना उद्योग चितवनले ३९२ युवालाई स्वरोजगार बनाउँदै

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनले चालु आर्थिक वर्षमा ३९२ जना नया उद्यमि सृजना गर्ने गरी काम सुरु गरेको छ । गरिबी निवारण तथा लघु उद्यम बिकास कार्यक्रममार्फत आएको १ करोड ५३ लाख बजेटले चितवन जिल्लाको सबै स्थानीय तहका गरिब वस्ति छनोट गरी विपन्न समुदायका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख रमेश कर्मचार्यले बताउनु भयो । 

त्यस्तै लघु घरेलु तथा साना उद्योगका उपज बिक्रीका लागि खैरहनी नगरपालिकामा भवन निर्माण गर्ने र उद्योग वाणिज्य संघ चितवनमा सञ्चालन भएको कोसेली घरलाई उद्योग वाणिज्य संघ परिससरभित्र सार्ने गरी भवन निर्माण गर्ने कार्यक्रमको थालनी गरेको कर्मचार्य बतउनु हुन्छ । 

घरेलु तथा साना उद्योग कार्यालय चितवनमा आर्थिक वर्ष २०७६/७७ मा मेड्पा कार्यक्रम र उद्योग विकास कार्यक्रम सञ्चालनमा रहेको र दुई वटा प्याकेजमा चितवन जिल्लामा काम भएको कार्यालयका लेखा अधिकृत नारायणप्रसाद लम्सालले बताउनु भयो । मेड्पा कार्यक्रम अन्तर्गत १ करोड ५३ लाख बजेटमा चितवनका सबै स्थानीय तहका ३९२ जना नयाँ युवालाई तालिम प्रदान गरिएको र २१० जनाको स्तर उन्नतीका लागि ताजकी तालिम प्रदान भएको लम्साल बताउनु हुन्छ । 

त्यस्तै उद्योग विकास कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा उत्पादित घरेलु सामानलाई विक्री गर्ने उद्देश्यले खैरहनी नगरपालिकामा ४५ लाखको लागत र उद्योग बाणिज्य संघ चितवनसँग सहकार्य गरी घरेलुको १५ लाख र उद्योग बाणिज्य संघको १२ लाख लागतमा बिक्री कक्ष निर्माण थालिएको उहाँ बताउनु हुन्छ ।

कार्यक्रमले विपन्न वस्तीका युवालाई स्वरोजगार बनाउनका साथै निम्न आए भएकाहरुलाई प्रविधि हस्तान्तरण हुने उहाँ बताउनु हुन्छ । त्यस्तै १३ जना उद्यमिका लागि प्रविधि प्रदान गरिएको कार्यालय प्रमुख कर्मचार्य बताउनु हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस