वैदेशिक रोजगारीका उच्च गन्तव्यमा न्यून पारिश्रमिक

पत्रपत्रिकाबाट

विहीबार, २६ असार २०८२, ०७ : ३८
वैदेशिक रोजगारीका उच्च गन्तव्यमा न्यून पारिश्रमिक

काठमाडौ । नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देशमा जाने नेपाली श्रमिकले न्यून पारिश्रमिकमा नै काम गरिरहेका छन् । मध्यपूर्वका संयुक्त अरब इमिरेटस् (युएई), कतार, साउदी अरब र मलेसियामा न्यून पारिश्रमिकमा नै काम गर्न बाध्य छन् । 

नेपाली कामदारको पहिलो श्रम गन्तव्य देश युएईले श्रमिकलाई दिने पारिश्रमिक असाध्यै न्यून भएपछि नेपाल सरकारले तोकेको पारिश्रमिक भर्खर कार्यान्वयनमा आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि दोस्रो संशोधनमार्फत युएईका लागि गत जेठमा तोकेको पारिश्रमिक यही असारको दोस्रो सातादेखि कार्यान्वयनमा आएको जनाइएको हो । 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म झन्डै दुई लाख नेपाली श्रम स्वीकृति लिएर युएई गएका छन्, जसमा सबैभन्दा धेरै तल्लो तहमा काम गर्ने छन् । उनीहरूको पारिश्रमिक न्यून छ । त्यसकारण सरकारले ती श्रमिकलक्षित  न्यूनतम पारिश्रमिक एक हजार दिराम (३७ हजार १६० रुपियाँ) तोकेको मन्त्रालयले जनाएको छ । त्यसअघि युएईमा काम गर्ने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक आठ सय दिराम (२९ हजार ७२८ रुपियाँ) मात्रै थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस