वागमती प्रदेशका मुख्यमन्त्रीले टेरेनन् पार्टी निर्देशन

पार्टी निर्देशनविपरीत मन्त्रीमण्डल बिस्तार गरेपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै सांसदहरु अविश्वास प्रस्ताव दर्ता गराउने तयारीमा

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, ०९ : २७
वागमती प्रदेशका मुख्यमन्त्रीले टेरेनन् पार्टी निर्देशन

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी निर्णय नमानी मन्त्रिपरिषद् विस्तार गरेपछि सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको छ । राष्टपति विद्यादेवी भण्डारीका निकट मनिएका मुख्यमन्त्री पौडेलले पार्टी निर्देशनलाई अटेर गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 उनले गत वर्ष आफैसँग क्याविनेट बैठकमै मुखामुख गरेका केशव स्थापितलाई पदवाट वर्खास्त गरी भौतिक योजना तथा विकास मन्त्रालय आफैले राख्दै आएका थिए । सोमबार उनले उक्त मन्त्रालयको जिम्मा रामेश्वर फूयाँललाई दिएका हुन् । फूयाँलले सोमबार नै प्रदेश प्रमुखवाट सपथ लिएका छन् । पार्टी प्रदेश कमिटिले भने मुख्यमन्त्री पौडेललाई मन्त्रिमण्डल समावेशी बनाउन भन्दै एकै पटक सबै विषयमा छलफलमा पुगेर निर्णय लिन निर्देशन दिएको थियो । वागमती प्रदेशको मन्त्रिपरिषद्मा एक जना पनि महिला मन्त्री छैनन ।

२६ माघको प्रदेश पार्टी बैठकमा मुख्यमन्त्री पौडेलले आफुले क्याबिनेट विस्तार गर्न लागेको र रिक्त मन्त्री पदमा नियुक्त गर्न खोजेको जानकारी गराएका थिए । त्यसपछि प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समावेशी मन्त्रिपरिषद् बनाउन भन्दै अहिले एउटाको विषयलाइृ मात्र नहेर्न निर्देशन गरेकी थिइन् । पौडेलले फूयाँललाई एक साता अगाडी नै मन्त्री बनाउन चाहेका थिए । पार्टी कमिटिले त्यसो नगर्न मुख्यमन्त्रीलाई निर्देशन गरेपछि गत साता नै भौतिक मन्त्रीको सपथ खाने योजनामा रहेका फूयाालको सपथ रोकिएको थियो ।

हश तर सोमबार पार्टी निर्देशन विपरित नै मुख्यमन्त्री पौडेलले भौतिक योजना तथा विकास मन्त्रालयमा फूयाललाई नियुक्त गरेपछि नेकपाभित्र हलचल मच्चिएको छ । ‘मुख्यमन्त्रीलाई अहिले मन्त्रिमण्डल समावेशी बनाउनु होला, एउटाको मात्र सोचेर नहिडनुहोला भनेर पार्टीले निर्देशन गरेको थियो, तर उहाँले शपथग्रहण गराउनु भएछ ।

मुख्यमन्त्रीले पार्टीको निर्देशन मान्नु भएन,’ प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले भनिन,– ‘केही समय कुरेर समावेशी मन्त्रिपरिषद् बनाउनु होला भनेर पार्टीले भनेको थियो । राजधानी तोक्ने विषयमा पनि उहाँसँग सांसदहरुको असन्तुष्टि छ । उहाँले जसरी पार्टी निर्देशन अवज्ञा गर्नुभयो, त्यो राम्रो गर्नुभएन ।’

शाक्य प्रदेश संसदीय दलमा मुख्यमन्त्री पौडेलसँगै चुनावमा पराजित भएकी थिइन् । त्यसवेला शाक्यलाई चुनावमा पराजित गराउन प्रधानमन्त्री केपी ओली समेत अग्रसर भएको त्यसवेलै खुलेको थियो । एक साता अगाडी ओलीले नै विवाद हुन्छ भने रोक्न मुख्यमन्त्री पौडेललाई टेलिफोनमा भनेका थिए ।

तर केन्द्रमा ओलीले डा शिवमाया तुम्वाहाम्फेलाइृ कानुन मन्त्रीमा नियुक्त गरेकै दिन प्रदेशको भौतिक योजनामा पनि मन्त्रि नियुक्त गर्ने काम भएपछि प्रधानमन्त्रीकै ठाडो निर्देशनमा मुख्यमन्त्री पौडेलले क्याविनेट विस्तार गरेको नेकपा नेताहरुको वुझाई छ ।

मुख्यमन्त्री पौडेलले पार्टी निर्देशन नमान्ने, आफु अनुकुल एकलौटी निर्णय लिन थालेपछि नेकपाभित्र भने विवाद बढन थालेको छ । कतिपय सांसदहरुले मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव नै दर्ता गराउनु पर्ने भन्दै लविङ समेत शुरु गरेका छन् ।  केही सांसदहरुले भित्री रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर अभियान समेत चलाएको चर्चा नेकपाभित्र छ । वागमती प्रदेशमा नेकपा एक्लैको वहुमत छ । 

अविश्वास प्रस्ताव नै दर्ता गराउने गरि हुने हस्ताक्षर अभियानले भने पाटीृलाई र प्रदेश सरकारलाई राम्रो नगर्ने भन्दै प्रदेशका पार्टी इन्चार्ज शाक्य र  आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जम्मकटेलले सासदहरुलाई वहकाउमा नलाग्न निर्देशन गरेको स्रोत वताउँछ ।

मुख्यमन्त्रीले पार्टी निर्देशन मान्नु भएन, यो साचो हो, तर वहकाउमा लागेर अविश्वास प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गर्नुले पार्टी र प्रदेशको सरकारलाई नै राम्रो गदैन,’ शाक्यले आफु निकट नेताहरुलाइृ भनेको भनाई उदधृत गदै एक सांसदले भने,–‘अहिले अनेकन लबिङमा नलाग्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस