काठमाडौँ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप सात जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका अनुसार १५ दिनभित्र उपस्थित हुने गरी म्याद पठाइएको हो ।
भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टीकाराम घिमिरे, मापपोट कार्यालयका सुब्बा टीकाबहादुर बीसी, मालपोट कार्यालय काठमाडौँका खरिदार जीवनाथ पोखरेल, समरजंग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनीको नाममा म्याद पठाएको हो ।
यसअघि विशेषले अरु ७ जनामाथि पनि म्याद जारी गरिसकेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०४ फागुन २०७६, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवहेलनाको प्रतिवेदन सुनुवाई गर्न विशेष अदालतमा सबै न्यायाधीशको इजलास गठन
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर