पोखरा । पोखरा महानगरपालिका ५ जिरो कि.मि.मा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । अन्दाजी ४ बजेर ३० मिनेट जाँदा ग १ ज ४०९७ नम्बरको नम्बरको ट्याक्सीले विपरित दिशाबाट आउँदै गरेको ग १० प २५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको भएको हो ।
मृत्यु हुनेमा दार्चुला घर भई हाल पोखरा महानगरपालिका ६ खहरे बस्दै आएका अन्दाजी ३५ वर्षिय पदमसिंह दडाल रहेको प्रहरीले खुलाएको छ । मोटरसाइकल चालक काभ्रे घर भई पोखरा ८ न्युरोड बस्दै आएका २४ वर्षिय आशिष भुजेको उपचार भई रहेको प्रहरीले जनाएको छ ।
ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०७६, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते