पोखरा । पोखरा महानगरपालिका ५ जिरो कि.मि.मा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । अन्दाजी ४ बजेर ३० मिनेट जाँदा ग १ ज ४०९७ नम्बरको नम्बरको ट्याक्सीले विपरित दिशाबाट आउँदै गरेको ग १० प २५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको भएको हो ।
मृत्यु हुनेमा दार्चुला घर भई हाल पोखरा महानगरपालिका ६ खहरे बस्दै आएका अन्दाजी ३५ वर्षिय पदमसिंह दडाल रहेको प्रहरीले खुलाएको छ । मोटरसाइकल चालक काभ्रे घर भई पोखरा ८ न्युरोड बस्दै आएका २४ वर्षिय आशिष भुजेको उपचार भई रहेको प्रहरीले जनाएको छ ।
ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०७६, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन