धादिङ । धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
यसैगरी गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा९८प ७०५८ नंको स्कुटर एकापसमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी २२ वर्षीया शर्मिला सिलवाल र २० वर्षीया महिमा सिलवाल रहेका छन् ।
दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकी महिमा कलाकार हुन् । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते